Logo

‘नो हर्न ’लाई प्रभावकारी बनाउन मोटरसाइकल र्याली गर्दै महानगर, यस्तो छ रुट

‘नो हर्न ’लाई प्रभावकारी बनाउन मोटरसाइकल र्याली गर्दै महानगर, यस्तो छ रुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाउन मोटरसाइकल र्याली गर्ने भएको छ । महानगरपालिकाले बिहिबार राष्ट्रिय सभा गृहबाट मोटरसाइकल र्याली शुरु गर्न लागेको हो ।

महानगरपालिकाले कर्मचारीको सहयोगमा मोटरसाइकल र्याली गर्न लागेको जानकारी दिएको छ ।
यस्तो छ रुट

महानगरपालिकाको र्याली विहान ८ बजे राष्ट्रिय सभा गृहबाट सुरु हुँदै भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, नयाँ बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशाला पुग्ने छ । त्यस्तै चाबहिलबाट धुम्बबाराही, महाराजगञ्ज, चक्रपथ, पानीपोखरी, लाजिम्पाट, लैनचौर, उत्तर ढोका घण्टाघर हुँदै राष्ट्रिय सभा गृहसम्म पुग्ने बताएको छ ।

राष्ट्रिय सभा गृह बाट भद्रकाली, सिंहदरबार, माईतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कलंकी, स्वयम्भु, वनस्थली, बालाजुचोक, नयाँबजार, सोह्रखुट्टे, लैनचौर, केशरमहल, जमल, घण्टाघर हुँदै पुन राष्ट्रिय सभा गृहमा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्