काठमाडौं । नेपाल धितोपत्र वोर्डवाट अनुमति पत्र प्राप्त ब्रोकर सदस्य सनी सेक्युरिटिज कम्पनीले चितवनको नारायणगढस्थित शहिदचोकमा आफ्नो पहिलो शाखा ९आरडब्लुएस० विस्तार गरेको छ।
सो शाखा कार्यालयको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले उद्घाटन गरे। यससँगै चितवनबाट पनि सेयर कारोबार गर्नका लागि बाटो खुला भएको छ।
सेयर बजार सम्वन्धी उठेका जिज्ञासाहरुको बारेमा थपलियाले जानकारी समेत दिएका थिए। साथै उक्त कार्यक्रममा हाथवे ईन्भेष्टमेन्ट नेपालका प्रवन्ध निर्देशक अम्विका प्रसाद पौडेलको पनि विशेष उपस्थिति रहेको थियो।