Logo

डीआईजी नवराज सिलवाल पक्राउ, छानविन गरिदै

डीआईजी नवराज सिलवाल पक्राउ, छानविन गरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल पक्राउ परेका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्शका लागि छलफल गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

सिलवालसँगै थापालाई पनि प्रहरी हिरासतमा लिइएको छ ।

आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो । साथै कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् ।

सिलवालले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारले सरकारी कागजात किर्तेको मुद्दामा कारवाही गर्ने तयारी गरेको छ ।

त्यस्तै केही दिनअघि आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL