Logo

नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्ता सकारात्मक, प्रविधि र लगानी भित्र्याउन आग्रह

नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्ता सकारात्मक, प्रविधि र लगानी भित्र्याउन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिआइएफए) अन्तर्गत गठित टिआइएफए काउन्सिलको तेस्रो बैठक काठमाण्डौंमा सम्पन्न भएको छ । बैठकमा नेपालबाट अमेरिकामा निर्यात हुने ७७ वटा थप वस्तुको निर्यातमा शून्य भन्सार सुविधा उपलब्ध गराउने अमेरिकी सरकारको निर्णयलाई नेपाली पक्षले स्वागत गरेको थियो । साथै ती वस्तुको उत्पादन र गुणस्तर वृद्धिका लागि अमेरिकी लगानी तथा प्राविधिक सहयोग विस्तारका लागि अनुरोध गरेको थियो ।

अमेरिकाले भूकम्पपश्चात् प्रभावित हुन पुगेको नेपालको अर्थतन्त्रलाई सहयोग पु¥याउने उद्देश्यसहित नेपालबाट निर्यात हुने वस्तुको निर्यातमा शून्य भन्सार सुविधा उपलब्ध गराएको थियो ।

बैठकमा अन्य प्रतिस्पर्धी वस्तुहरुलाई पनि आगामी दिनमा सहुलियत पूर्ण बजार सुविधा उपलब्ध गराई नेपालको निर्यात व्यापार प्रवद्र्धनमा सहयोग  पुर्याईदिन नेपाली पक्षले अमेरिकी प्रतिनिधिमण्डललाई अनुरोध गरेको थियो । नेपालले लगानी प्रवद्र्धन, भन्सार प्रशासन र व्यापार सहजीकरणका क्षेत्रमा अवलम्बन गरेका सुधार कार्यहरुबारे समेत अमेरिकी पक्षलाई जानकारी गराइएको थियो ।
नेपालले बौद्धिक सम्पत्ति संरक्षण, श्रम, वित्तीय सेवा, प्रत्यक्ष वैदेशिक लगानी, मानव तथा वनस्पति स्वास्थ्य संरक्षण, खाद्य सुरक्षा तथा वस्तुको गुणस्तर प्रमाणीकरणका क्षेत्रमा कार्यान्वयनमा ल्याइएका नयाँ नीति तथा कार्यक्रमहरुबारे विस्तारमा प्रकाश पारिनुका साथै ती क्षेत्रमा नेपालको थप क्षमता विकासका लागि सहयोगका सम्भाव्य क्षेत्रहरुबारे सघन छलफल भएको थियो ।

बैठकमा अमेरिकी पक्षले नेपालले हालका दिनमा वित्तीय र औद्योगिक क्षेत्रको सबलीकरण, लगानी प्रवद्र्धन, बौद्धिक सम्पत्तिको संरक्षण र व्यापार सहजीकरणका क्षेत्रमा चालेका सुधारात्मक कार्यहरुको प्रशंसा गरेको थियो । साथै ती क्षेत्रमा नेपाललाई आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराउन आफु सकारात्मक रहेको जानकारी दिएको थियो ।

नेपालको तर्फबाट वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र संयुक्त राज्य अमेरिकाको तर्फबाट एसिस्टेन्ट युनाइटेड स्टेट ट्रेड रिप्रिजेन्टेटिभ मार्क लिन्सकटले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । बैठकमा दुवै देशका वाणिज्य, अर्थ, परराष्ट्र, उद्योग, भन्सार, गुणस्तर प्रमाणीकरण तथा बौद्धिक सम्पत्तिको संरक्षण लगायतका व्यापारसँग अन्तर्सम्बन्धित मन्त्रालय तथा निकायका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । बैठकमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत एलियाना बि तेपलीट्जको पनि उपस्थिति रहेको थियो ।

बैठकको अन्त्यमा एक संयुक्त वक्तव्य पनि जारी गरिएको थियो । जसमा दुई देशबीच व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपाल र संयुक्त राज्य अमेरिका सरकारबीच व्यापार र लगानीका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०११ को अप्रिलमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL