Logo

प्रमुख पाँच दलको सहमति, बैशाख ३१ मा एकै चरणमा स्थानीय निर्वाचन

प्रमुख पाँच दलको सहमति, बैशाख ३१ मा एकै चरणमा स्थानीय निर्वाचन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रमुख पाँच दलले स्थानीय तहको निर्वाचन यही वैशाख ३१ गते गर्ने सहमति गरेका छन् । केही समय अघि प्रधानमन्त्री निवास वालुवाटारमा भएको शिर्षस्थ पाँच दलको बैंठकले उक्त सहमति गरेका हुन् । तोकिएको समयमै निर्वाचन हुने वा नुहुने भ्रम फैलिएको समयमा प्रमुख पाँच दलका नेताहरुले धिर्तारित मिमितमा एकै चरणमा हुने स्पष्ट पारेका छन् ।

तर, आन्दोलनका कार्याक्रम सार्वजनिक गरेका मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा भने दोस्रो चरणमा निर्वाचन गर्न सकिने उक्त छलफलको निष्कर्ष रहेको छ ।
निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का उच्च नेतासहितको बैठक बोलाएका थिए ।

छलफलमा प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक अवस्था वारेमा समेत जानकारी गराएका थिए । तर, उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले भने सहमति र सुरक्षा तयारी नगरी चुनावमा जाँदा चुनौती हुने बताएका थिए ।

बैंठक सकिए लगत्तै सहभागी सबै दलका नेताले निर्धारित समयमै सबै स्थानमा एकै पटक चुनाव हुने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै बैशाख ३१ मा चुनाव नुहुने भन्ने विषयमा शंखा नगर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL