Logo

महानगरको विकास दूतमा व्याकुल माइला, राजस्व परिचालन र शहरी आचरण विकासमा सहयोग

महानगरको विकास दूतमा व्याकुल माइला, राजस्व परिचालन र शहरी आचरण विकासमा सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ, र सफा बनाउन राष्ट्र गानका सर्जक प्रदीपकुमार राईले सहयोग गर्ने भएका छन् । महानगरपालिकाले उनलाई विकास दूतमा नियुक्त गरेको छ । मंगलवार महानगर र राष्ट्र गानका सर्जक प्रदीपकुमार राईवीच विकास दूत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

महानगरपालिका कार्यालयको गत फागुन २२ गतेको निर्णय अनुसार चैत १८ गते आयोजित तत्काल सुधार कार्ययोजना, २०७३ को सार्वजनिकीकरण कार्यक्रममाझ विकासदूत घोषित राष्ट्रिय गानका सर्जक व्याकुला माइला अर्थात् प्रदीपकुमार राई र महानगरवीच सम्झौता भएको हो ।

सो अवसरमा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरसँग राष्ट्र गानका सर्जक राईको सहकार्यले, सहरी व्यवस्थापनका सम्भावना र चुनौतीबीच विकासको तरंग ल्याउन सकिने धारणा राखे ।

विकासदूत व्याकुल माइलाले विकासदूत नियुक्त भएपछि थप जिम्मेवारी बोध गर्दै, व्यक्तित्व रक्षाकालागि महानगरको सहयोग  कला रक्षाका लागि महत्वपूर्ण रहेको बताए ।
आवश्यकताका आधारमा सम्झौता अवधि बढाउन सक्ने गरी हाल १ वर्षका लागि भएको सम्झौता भएको छ । जस अनुसार महानगरले विकासदूतलाई मानार्थ परिचय पत्र प्रदान गर्नुका साथै सम्मान स्वरुप मासिक ३० हजार रुपैयाँ उपलब्ध गराउने छ ।

विकासदूतले सहरी व्यवस्थापन अन्तर्गत राजस्व परिचालन, सहरी आचरण विकासलगायत महानगर र महानगरवासी बीच सिधा सम्पर्क हुने क्षेत्रमा कार्य गर्नु पर्नेछ ।
यसभित्र विकासदूतले बालविकास, मातृशिशु, महिला, अपांग र स्वास्थ्य—शिक्षा लगायतका सामाजिक विकासका क्षेत्रमा सक्रियतापूर्वक सहभागिता जनाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL