Logo

स्थानीय निर्वाचनका लागि चीनको सहयोग, १४ करोड बराबरको निर्वाचन सामग्री प्रदान

स्थानीय निर्वाचनका लागि चीनको सहयोग, १४ करोड बराबरको निर्वाचन सामग्री प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चीनले नेपालको आसन्न स्थानीय निर्वाचनका लागि साढे १४ करोड ४० लाख रुपैयाँ बराबरको निर्वाचन सामग्री नेपाललाई सहयोग गरेको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमनीच चिनीयाँ रादूत यु होङले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई सो सामग्री हस्तान्तरण गरेकी हुन् ।

चीनले स्ट्याम्प, क्याल्कुलेटर, पञ्चिङ मेसिन,रवरम्याटलगायत निर्वाचनका लागि आवश्यक सामग्री प्रदान गरेको हो ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादवले टोलमा राजनितिक दलले चहलपहल बढाउन नसकेको बताए । जसले गर्दा जनतामा निर्वाचन हुने या नहुनेमा अन्यौलता बढेको जानकारी दिए । सरकारले निर्वाचनका लागि १० अर्व २६ करोड बजेट निकासा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्