Logo

राष्ट्रपति भण्डारी भारत प्रस्थान,३० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको साथ

राष्ट्रपति भण्डारी भारत प्रस्थान,३० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको साथ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार छिमेकी मुलुक भारत प्रस्थान गरेकी छन् । भण्डारी ३० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा भारततर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रिगण तथा उच्च सरकारी अधिकारीहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदाई गरेका छन् । राष्ट्रपति भण्डारी बिहान ११ बजेको नेपाल वायु सेवा निगमको फ्लाइटबाट भारत प्रस्थान गरेकी हुन्।

भ्रमण दलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादव, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल, राष्ट्रपति कार्यालयका सचिवलगायतको टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL