Logo

१७ कम्पनीलाई लाइसेन्स लिन आउन बीमा समितिको पत्रचार, यी हुन १७ कम्पनी

१७ कम्पनीलाई लाइसेन्स लिन आउन बीमा समितिको पत्रचार, यी हुन १७ कम्पनी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बीमा समितिले विभिन्न १७ वटा कम्पनीलाई बीमा सम्बन्धी लाइसेन्स लिन आउन पत्राचार गरेको छ । समितिले सबै कम्पनीलाई २१ दिनभित्र लाइसेन्स लिन आउन आज पत्राचार गरेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइले बिजखबरलाई बताए ।

चापागाइका अनुसार समितिमा लाइसेन्सको लागि माग गर्दै लामो समयदेखि थन्किएर बसेका फाइललाई अन्तिम मौका दिन पत्राचार गरिएको हो । जसमा जीबन बीमातर्फ १२ र निर्जीबन बीमातर्फ ५ वटा कम्पनी रहका छन् ।

१७ वटा कम्पनीमध्ये १४ वटा कम्पनीले रजिष्टारको कार्यालयमा दर्ता भएर लाइसेन्सको लागि अनुमति माग गरेको र अन्य ३ वटाले भने कम्पनी रजिष्टार तथा अर्थ मन्त्रालयबाट दर्ताको लागि सहमति मागका लागि आएको चापागाईले जानकारी दिए । समितिले हिजो १४ वटा कम्पनीलाई लाइसेन्स लिनमा लागि पत्राचार गर्ने बताएकोमा प्रक्रियामा आएका थप ३ वटालाई पनि मौका दिन लागेकाले १७ वटै कम्पनीलाई पत्राचार गरेको जानकारी दिएको छ ।

उनका अनुसार लाइसेन्सको माग गर्दै आएका जीबन बीमातर्फका ९ कम्पनीमा सिटिजन्स, स्टार, सनलाईफ, सानिमा, रिलाइसन्स, रिलायवल, स्ट्यान्डण्र्ड, आईएमई र महालक्ष्मी रहेका छन् । ती कम्पनीहरु कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर लाइसेन्सका लागि समितिमा लामो समयदेखि थन्किए वसेका छन् । तर, जीबन बीमातर्फकै ज्योती, युनिलाइफ र युनियनले भने कम्पनी रजिष्टारमा दर्ता हुनका लागि सहमतिको माग गरेको चापागाइले जानकारी दिए ।

ती कम्पनीले पनि समितिबाट सहमति लिएर कम्पनी रजिष्टारमा दर्ता भई २१ दिनभित्र सम्पूर्ण प्रक्रिया पुरा गरी लाइसेन्स लिनुपर्ने हुन्छ ।
यसैगरी निर्जीबन बीमातर्फ सानिमा, आईवीएन, जनरल, मनकामना र आजोडले कम्पनी रजिष्टारमा दर्ता भएर लाइसेन्सका लागि माग गर्दै समितिमा निवेदन दिएर बसेका छन् ।

लामो समयदेखि थन्किएर बसेका फाइलको टुङ्गो लगाउन सबै कम्पनीलाई पत्राचार गरिएको उनको तर्क थियो । ‘म बीमा समितिमा अध्यक्ष भएर आएसँगै सबै पुराना फाइलहरुलाई अघि बढाएको छु,’ उनले भने, ‘सोही अनुरुप पेण्डिङ्मा रहेका फाइलको टुङ्गो लगाउन पत्राचार गरेका हौं ।’ समितिका आफु अध्यक्ष भएर आएसँगै पेण्ड्ङिमा रहेको बीमा कम्पनीको चुक्ता पूँजी बृद्धि, १५ वर्षदेखि अड्एिर बसेको बीमा संस्थाको लेखा परीक्षणलगायत थुप्रै काम गरेको उनले जानकारी दिए ।

सोही अनुरुप ९ वर्षदेखि लाइसेन्सको माग गर्दै थन्किएर बसेको फाइललाई पनि टुङ्गो लगाउन प्रक्रिया अघि बढाएको उनको भनाइ छ । ‘२१ दिनभित्र जसले नयाँ व्यवस्था अनुरुप प्रक्रिया पुर्याएर आउछन् उसले लाइसेन्स पाउछ,’ उनले भने, ‘जो आउँदैन उसको फाइल क्लोज हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL