Logo

विकास साझेदारले बजेटभन्दा वाहिरबाट खर्च गर्ने क्रम बढ्यो, ऊर्जामा भित्रियो बढी रकम

विकास साझेदारले बजेटभन्दा वाहिरबाट खर्च गर्ने क्रम बढ्यो, ऊर्जामा भित्रियो बढी रकम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विकास साझेदारहरुले नेपालमा बजेटरी प्रणालीभन्दा वाहिरबाट रकम खर्च गर्ने प्रबृति बढेको छ । उनीहरुले नेपाल सरकारसँग सहकार्य गरेर बजेटरी प्रणालीभन्दा पनि आफ्नै संयन्त्र परिचालन गरेर नेपालमा रकम खर्च गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७२/७२ मा कुल परिचालन भएको बैदेशिक सहायतामध्ये राष्ट्रिय बजेट प्रणालीमार्फत ६५ प्रतिशत रकम खर्च भएको थियो । तर, गत आर्थिक वर्षमा आईपुग्दा यस्तो रकम परिचालन घटेर ६३ प्रतिशतमा सिमित हुन पुगेको छ । भुकम्प पछिको पुनर्निमाणमा धेरै जसो द्धिपक्षीय विकास साझेदारले आफ्नै संयन्त्रमार्फत रकम परिचालन गरेकाले राष्ट्रिय बजेटरी प्रणालीमा नआएको अर्थ उप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले बताए ।

गत आवमा विकास सहायता रकम परिचालन भने ५ दशमलव २२ प्रतिशतले बढेको छ । सो आवमा कुल १ अर्ब ७ करोड ४० लाख अमेरिकी डलर बरावरको विकास सहायता रकम परिचालन भएको छ । जसमा ५० प्रतिशत अनुदान सहायता, ३५ प्रतिशत ऋण र १५ प्रतिशत प्राविधिक सहयोग रहेको छ ।

विकास सहायताबाट परिचालन भएको रकममध्ये सबैभन्दा बढी मध्यमाअञ्चलमा परिचालन भएको छ । सो आवमा मध्यमाअञ्चलमा २५ करोड २३ लाख अमेरिकी डलर रकम परिचालन भएको छ । यसैगरी विसका सहायताको रकम पनि सुदुर पश्चिममा सबैभन्दा कम पुगेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

कुल सहायता परिचालनमा द्विपक्षीयभन्दा बहुपक्षीय सहायता साझेरको रकम बढी रहेको छ । कुल सहायता परिचालनमध्ये बहुपक्षीयको ५८ प्रतिशत र द्विपक्षीयको हिस्ता ४२ प्रतिशत रहेको छ । सबैभन्दा बढी सहयोग गर्ने बहु्पक्षीय विकास साझेदारमा विश्व बैंक रहेको छ भने द्विपक्षीय साझेदारमा संयुक्त राज्य अमेरिका रहेको छ । जसमा विश्व बैंकको २४ करोड ३७ लाख अमेरिकी डलर रहेको छ भने अमेरिकाको ११ करोड ८९ लाख अमेरिकी डलर रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार बढी सहायता परिचालन गर्ने अन्य बहुपक्षीय साझेदारहरुमा एसियाली विकास बैंक, संयुक्त राष्ट्रसंघीय समुह, यूरोपियन युनियन र अन्तरराष्ट्रिय विकास मुद्राकोष रहेका छन् । यसैगरी द्विपक्षीय साझेदारहरुमा वेलायत, जापान, स्वीटजरल्याण्ड र भारत अगाडी रहेका छन् ।

पछिल्लो समय अन्तरराष्ट्रिय विकास साझेदारहरुले ऊर्जा क्षेत्रमा बढी रकम परिचालन गरेका छन् । यसअघि स्वास्थ्य क्षेत्रमा बढी रकम खर्च हुँदै आएकोमा गत आवमा ऊर्जामा बढी भएको हो । सो आवमा ऊर्जा क्षेत्रमा कुल १६ करोड ८४ लाख अमेरिकी डलर परिचानल भएको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्