काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर दिने निणर्य गरेको छ ।
कम्पनीको आज बसेको सञ्चालक समितको बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीले बोनस दिएपछि चुक्ता पूँजी १२ करोड १४ लाख रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १० करोड १२ लाख रुपैयाँ छ ।