Logo

आफ्नो प्रायद्धिपमा उत्तेजना नफैलाउन उत्तर कोरियाको अमेरिकालाई आग्रह, परमाणु आक्रमणका लागि तयार

आफ्नो प्रायद्धिपमा उत्तेजना नफैलाउन उत्तर कोरियाको अमेरिकालाई आग्रह, परमाणु आक्रमणका लागि तयार


बिजखबर संवाददाता
0
Shares

उत्तर कोरियाले आफ्नो प्रायद्विपमा उत्तेजना नफैलाउन अमेरिकालाई आग्रह गरेको छ । उत्तर कोरियाली नेता किम जङ उनले आफ्ना हजुरबुबा तथा देशका संस्थापक नेता किम इल सङको जन्मदिनका अवसरमा आयोजित सैनिक परेडमा सहभागिता जनाउदै उक्त आग्रह गरेका हुन् ।

साथै आफू परमाणु आक्रमणका लागि तयार रहेको समेत चेतावनी दिएको छ ।

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणलाई लिएर तनाव चुलिदैँ जाँदा पछिल्लो शक्ति प्रदर्शन गरिएको हो । उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणपछि कोरियाली प्रायद्वीपमा युद्धपोत तैनाथ गर्न अमेरिकी निर्णयले सो क्षेत्रमा तनाव बढेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्