Logo

प्रभु इन्सुरेन्सको ५० प्रतिशत हकप्रद बिक्री खुल्यो, जेठ २ गतेसम्म आवेदन भर्न सकिने

प्रभु इन्सुरेन्सको ५० प्रतिशत हकप्रद बिक्री खुल्यो, जेठ २ गतेसम्म आवेदन भर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु इन्सुरेन्सले बुधबार देखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । प्रभुले प्रतिकित्ता १ सय रुपैयाँ दरको १९ लाख २५ हजार ७८.८१ कित्ता हकप्रद सेयर बिक्री गर्न थालेको हो ।
प्रभुको २:१ अनुपातको यस हकप्रद सेयरमा जेठ २ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जानकारी दिएको छ ।

प्रभुले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस हकप्रदमा चैत ५ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । प्रभु इन्सुरेन्सले प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौं र प्रभु बैंक लिमिटेडका विराटनगर, वीरगन्ज, बुटवल, धनगढी, पोखरा र बनेपा शाखाबाट आवेदन फारम लिन र बुझाउन सकिने व्यवस्था छ ।

हाल प्रभुको चुक्ता पुँजी ३८ करोड ५० लाख १५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी ५७ करोड ७५ लाख २३ हजार रुपैयाँ पुग्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्