काठमाडौं । सरकारले एकै पटक २५ सय भन्दा बढी कर्मचारीको माग गरेको छ । सरकारले प्राविधिकतर्फका लागि २५ सय ८६ जना कर्मचारी मागेको हो । जसअनुसार अनमी, अहेव, फरेस्टी इन्जििनियर, मौसम विज्ञ, पशु स्वास्थ्य प्राविधिकलगायतका लागि जागिर खुलाएको हो ।
मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय सुर्खेत, राप्ती अञ्चलको दाङ, मेची अञ्चल कार्यलय इलाम, सगरमाथा अञ्चल कार्यलयको दिक्तेल, मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय नयाँ बानेश्वर काठमाडौं ,जनकपुर अञ्चल कार्यलय जलेश्वर, नारायणी अञ्चल कार्यलय हेटौडा, पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय पोखरालगायत सवै अञ्चलका लागि प्राविधिकको जागिर खुलाएको हो ।
लोक सेवा आयोगले बुधवार गोरखापत्रमा सूचना जारी गर्दै सो जानकारी दिएको छ । दरखास्त फारम लोक सेवा आयोगको वेवसाइटबाट डाउनलोड गरि भर्न सकिन्छ । इच्छुकले जेठ २ गतेसम्ममा आवेदन बुझाइसक्नुपर्ने आयोगले जानकारी दिएको छ ।