Logo

महासंघको बस्तुगत सदस्यको नतिजा सार्वजनिक, अन्जनले ल्याए सवैभन्दा बढी मत

महासंघको बस्तुगत सदस्यको नतिजा सार्वजनिक, अन्जनले ल्याए सवैभन्दा बढी मत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको मत परिणाम सार्वजनिक भएको छ । वस्तुगततर्फ २७ जना उम्मेद्वार रहेकोमा सवैभन्दा बढी अन्जन श्रेष्ठले ७३ मत ल्याएका छन् । वस्तुगततर्फका विजयी १४ जना चुनिनेमा ५० मत ल्याउनेमध्य गोलाप्रथाबाट थप दुई चुनिने छन् ।

वस्तुगतमा त्यस्तै सन्दिपकुमार अग्रवाल ७१, शकुन्तलाल हिराचन ६१, शिवप्रसाद घिमिरे ५९ र आकाश अधिकारीले ५६ मत ल्याएका हुन् ।

त्यसैगरी कमला श्रेष्ठ ५२, जयप्रसाद शिवाकोटी ५१, तिलचन्द्र भट्टराई ५३, विनोद ढकाला ५५, सुरेन्द्रकुमार श्रेष्ठ ५१, हेमराज ढकालले ५१ मत ल्याएका हुन् ।  यसैगरी चार जनाले ५०/५० मत ल्याएकोमा गोलाप्रथाबाट रविनकुमार श्रेष्ठ र सुनिलगोल श्रेष्ठ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्