Logo

आइजीपी बन्न पाउनुपर्ने भन्दै नियुक्ति विरुद्ध सिलवाल सर्वोच्चमा, बुधवारका लागि पेशी

आइजीपी बन्न पाउनुपर्ने भन्दै नियुक्ति विरुद्ध सिलवाल सर्वोच्चमा, बुधवारका लागि पेशी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डीआइजी नवराज सिलवाल आफूलाई आइजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन् । सिलवालले मंगलबार बिहान रीट दर्ता गराएका हुन् । रीटमा सर्वोच्चले बुधबारका लागि पेशी तोकेको छ ।

सिलवालले दर्ता गरिएको रिट निवेदनमा अर्यालको नियुक्ति खारेज गरी आफूलाई आइजीपी बनाउन माग गरिएको छ ।

सरकारले सोमबार प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गरेपछि डीआइजी सिलवाल रिट लिएर अदालत पुगेका हुन् । आफू ज्येष्ठ डीआइजी हुँदाहुँदै र सर्वोच्चले गरेको फैसलाविपरीत अनधिकृत एवं कीर्ते फाइल खडा गरेर अर्याललाई आइजीपी नियुक्त गरिएको सिलवालको रिट निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्