Logo

कागजात प्राप्त भएको १० दिनमै नेपाल लाइफले दियो मृत्यु दाबी भुक्तानी, १ करोड ८६ लाख प्रदान

कागजात प्राप्त भएको १० दिनमै नेपाल लाइफले दियो मृत्यु दाबी भुक्तानी, १ करोड ८६ लाख प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराका मोति बहादुर गुरुङको परिवारलाई १ करोड ८६ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । मृत्यु दाबी भुक्तानीलाई बीमितको घरदैलोमा नै उपलब्ध गराएर आम मानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा बनाउने प्रयास गर्दै सो रकम हस्तान्तरण गरेको हो ।

बिमित स्व. मोती बहादुर गुरुङले ईच्छाएको व्यक्ति ईन्द्र कुमारी शाही गुरुङलाई बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले कम्पनीको तर्फबाट सो रकम प्रदान गरेका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेकाले आवश्यक कागजात प्राप्त भएको १० दिनभित्रै दावी भुक्तानी गर्न सफल भएको जानकारी दिए ।

कम्पनीले स्थापनाकालदेखि २०७३ फागुन मसान्तसम्म करिब रु. १ अर्ब ६४ करोड मृत्यूदावी भुक्तानी गरिसकेको छ । चुक्ता पूँजी रु. ३ अर्ब ०९ करोड रहेको कम्पनीको जीवन बीमा कोष रु.३७ अर्ब र कुल लगानी रु. ४४ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्