Logo

बैशाखभर दिउँसो ३ बजेपछि विराटनगर विमानस्थल बन्द हुने, उडान तालिका परिवर्तन

बैशाखभर दिउँसो ३ बजेपछि विराटनगर विमानस्थल बन्द हुने, उडान तालिका परिवर्तन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आगामी बैशाख ३ गदेखि ३१ गतेसम्म विराटनगरस्थित आन्तरिक विमानस्थल दिउँसो ३ बजेपछि बन्द हुने भएको छ ।

biratanagar

 

नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थलको धावनमार्ग सुधार तथा मर्मत कार्यका लागि दिउँसो तीन बजेपछि उडान तथा अवतरण नगर्न वायुसेवा सञ्चालकलाई जानकारी गराएको छ ।

यसैबीच वायुसेवा सञ्चालक सङ्घले मर्मत कार्यअवधिभर विराटनगरमा सञ्चालन हुने वायुसेवालाई तीन बजेपछिका आफ्ना उडान तालिका परिवर्तन गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्