काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ५१ औं स्थापना दिवस सोमवार मनाउदै छ । सो अवसरमा महासंघले एक कार्यक्रमवीच विनोद चौधरीलाई विशेष सम्मान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई कदरपत्र प्रदान गरेका हुन् । त्यस्तै महासंघले वीरेन्द्र बहादुर बस्नेत, कैलाश सिरोहिया, कर्ण शाक्य,रुद्रराज पाण्डे,हिमालयन शमशेर राणा, नकिम उद्धिन, रामलाल गोल्छा, लक्ष्मण बाबु श्रेष्ठलाई सम्मान गरेको छ ।
त्यसैगरी सेवातर्फ कुलमान घिसिङ सन्दुक रोइत, सुरेशराज शर्मा र अनुराधा कोइरालालाई सम्मान गरेको छ ।