Logo

मूल्यबृद्धिदर २ दशमलव ९ प्रतिशतमा सीमित, खाद्यपदार्थको मूल्यमा कमी

मूल्यबृद्धिदर २ दशमलव ९ प्रतिशतमा सीमित, खाद्यपदार्थको मूल्यमा कमी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालु आर्थिक बर्षको फागुन महिनामा उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशतमा सिमित भएको छ । गत बर्षको फागुनमा १० दशमलव २ प्रतिशत रहेको मूल्यबृद्धिदर यस बर्ष २ दशमलव ९ मा सिमित भएको हो । आपूर्ति व्यवस्थामा आएको सुधारले गर्दा मूल्यबृद्धिदर घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ० दशमलव ४ प्रतिशतले ऋणात्मक रहेको राष्ट्र बैंकद्धारा जारी तथ्यांकमा उल्लेख छ । छ । अघिल्लो बर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १० दशमलव ३ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन,तेल,तरकारीलगायतको मूल्यमा कमी आएकोले मुद्रास्फीति ऋणात्मक देखिएको हो । राष्ट्र बैंकका अनुसार फागुनमा दलहन तथा गेडागुडीको मूल्यमा ११ दशमलव २ प्रतिशत, तरकारीको मूल्यमा ८ दशमलव ३ प्रतिशत, घ्यू तथा तेलको मूल्यमा ५ दशमलव ८ प्रतिशत र खाद्य तथा
खाद्यजन्य पदार्थको मूल्यमा ० दशमलव.१ प्रतिशतले कमी आएको छ ।

यता चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५ दशमलव२ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १० दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५ दशमलव ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १० दशमलव २ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, सञ्चार, घरायसी सामान तथा सेवा, यातायात लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

प्रतिक्रिया दिनुहोस्