Logo

स्थानिय तह वलियो बनाउन पर्याप्त अधिकार, कर्मचारीलाई निजामती सरह सुविधा

स्थानिय तह वलियो बनाउन पर्याप्त अधिकार, कर्मचारीलाई निजामती सरह सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा संघिय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय सरकारले देशको आर्थिक तथा सामाजिक विकासमा आगामी १० बर्षभित्र फड्को मार्ने बताएका छन् ।

शुक्रवार स्थानीय तह कर्मचारी संघ नेपालले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘नयाँ संविधानमा उल्लेखित व्यवस्था कार्यन्वयन भएमा ऐतिहासिक विकास हुनेछ’ उनले भने । सो अवसरमा उनले त्यसपश्चात केन्द्रिय सरकारको भुमिका पनि परिवर्तन हुने बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री थापाले स्थानीय निकायलाई वलियो बनाउनका लागि वित्तीय व्यवस्थपन तथा प्रशासनिक स्वायत्ततामा ध्यान दिनुपर्ने जानकारी दिए । ‘संविधानबाटै स्थानीय तहलाई अधिकार दिने व्यवस्था गरिएको छ ’ उनले भने सो वित्तिय र प्रशासनिक स्वायत्तता स्थानियतहले प्राप्त गर्नुपर्छ । साथै कार्यक्रममा उनले १ दशक भन्दा बढी जनप्रतिनिधि विहिन भएको अवस्थामा पनि कर्मचारीले विकासमा राम्रो भुमिका निर्वाह गरेको बताए ।

त्यस्तै स्थानिय निर्वाचान तथा अधिकारका वारेमा जनतालाई बझाउनुपर्ने बताए । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इश्वरराज पौडेलले स्थानीय निकायका कर्मचारीलाई पनि निजामती कर्मचारी सरह सुविधा दिनुपर्ने बताए । ,

प्रतिक्रिया दिनुहोस्