काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराई पक्राउ परेका छन् । आइतवार निर्वाचन आयोग धर्नाका क्रममा उनी पक्राउ परेका हुन् । आयोगको कान्तिपथस्थित कार्यालयमा धर्ना दिएका भट्टराईसहित हिसिला यमी, नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल पनि पक्राउ परेका छन् ।
नयाँ शक्तिलगायत निर्वाचन आयोगमा दर्ता भएका पाँच दर्जन दलले स्थानीय तह चुनावमा दलीय चुनाव चिन्ह नदिएको भन्दै कान्तिपथस्थित निर्वाचन आयोग अगाडि धर्ना दिएका हुन् ।
उनीहरुले यसअघि स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल तथा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापन पत्र दिएका थिए ।
बिहीबार नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै ऐन संशोधनका लागि ४८ घण्टाको समय दिएको थियो । तर समयसीमाभित्र ऐन संशोधन नभएको भन्दै बिहान ९ बजेदेखि आयोगसहित देशभरका कार्यालयमा धर्ना दिएका हुन् ।