काठमाडौं । कोरियन भाषा परीक्षाका लागि ७५ हजार ९ सयले आवेदन दिएका छन् । सरकारले सन् २०१८ का लागि चैत ९ गतेदेखि आवेदन खुल्ला गरेको थियो ।
जसमा ७५ हजार ९ सय २५ जनाले आवेदन दिएको ईपीएस शाखाले जानकारी दिएको छ । जुन आवेदन माग गरिएकोमा करिव ७ गुणाले बढी हो ।
जसमध्ये कृषिमा ५१ हजार उत्पादनमुलकमा २४ हजारले आवेदन दिएका हुन् । कोरिया सरकारले सन् १०१८ का लागि १० हजार २ सय कामदारका लागि आवेदन खुल्ला गरेको हो ।