Logo

सशस्त्र प्रहरीको एआईजीमा तीन जना सिफारिस, डिआईजी केसी, थापा र पौडेलमध्य एक छानिने

सशस्त्र प्रहरीको एआईजीमा तीन जना सिफारिस, डिआईजी केसी, थापा र पौडेलमध्य एक छानिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि ३ जना डीआईजीको नाम सिफारिस गरेको छ ।

मन्त्रालयले डिआईजी पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेलललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

सशस्त्रमा एआईजीको ३ पद रिक्त रहेको छ । बढुवा समितिको शुक्रबारको निर्णयअनुसार उनीहरु एआईजीमा सिफारिस भएको हो ।

बढुवा समितिमा गृहसचिव र सशस्त्र प्रहरी महानिरीक्षक रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL