काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय निकायलाई रकम निकासा गरेको छ । अर्थले देशभरका ७ स्य ४४ स्थानीय निकायलाई एक/एक करोड रुपैयाँका दरले रकम निकासा गरेको हो ।
सो रकम स्थानीय तहको भौतिक पूर्वाधार विकासमा खर्च गर्नेछ । नयाँ बनेका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकालाई उक्त रकम निकासा गरिएको उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले बताए । सो रकम निकासा भएसँगै स्थानीय तहको पूर्वाधार विकास हुनुका साथै जनताले देश पुर्नसंरचना भएको अनुभुति गर्ने उनको दावी छ ।
अर्थले कुल ७ अर्ब ४४ करोड रुपैयाँ निकासा गरेको हो । पुर्नसंरचना गरिएका निकाय निर्माणमा उक्त रकम खर्च गरिने छ ।