Logo

सर्वोच्चद्धारा चन्दको बढुवा बदर, उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन

सर्वोच्चद्धारा चन्दको बढुवा बदर, उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने सरकारको निर्णय बदर गरेको छ ।

मंगलवार प्रधानन्यायधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले सो निणर्य बदर गरेको हो । साथै प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन दिएको छ ।

‘कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा भएकालाई छाडेर चौथो नम्बरमा रहेकालाई बढुवा गर्नु निर्णयकर्ताको स्वेच्छाचारिता प्रमाणित भएको देखिन्छ’ सर्वाच्चको फैसलामा उल्लेख छ ।

सर्वोच्चले बहालवाला चार प्रहरी नायव महानिरीक्षक मध्ये योग्यतम र चार आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा उच्चतम अंक प्राप्त गरेकालाई प्रहरी प्रमुख बनाउन परमादेश जारी गरेको छ ।

सर्वोच्चको निर्देशन अनुसार पछिल्लो चार आर्थिक वर्षमा उच्चतम अंक प्राप्त गर्ने नायव महानिरीकमा नवराज सिलवाल छन् । यहि सरकारले यही निर्देशनलाई पालना गर्ने हो भने अबको महानिरीक्षमा सिलवाल बन्ने पक्का जस्तै छ ।

मूल्याङ्कनको आधारमा सिलवाल पहिलो, प्रकाश आर्याल दोस्रो, बमबहादुर भण्डारी तेस्रो र चौथौं स्थानमा जयबहादुर चन्द रहेको बताएको छ । सरकारले चन्दलाई महानिरीक्षकमा नियुक्त गरेसँगै आफुमाथी अन्याय भएको भन्दै सिलवाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्