काठमाडौं । आर्थिक पत्रकारहरुलाई तालीमका लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) बीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारी अनुसार एनबीआईले वार्षिक रुपमा २५ आर्थिक पत्रकारहरुलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम प्रदान गर्नेछ ।
त्यस्तै आर्थिक पत्रकारिता तालिमका लागि सेजनले विकास गरेको पाठ्यक्रम अनुसार एनबीआईले तालिम प्रदान गर्ने समझदारी भएको छ ।
समझदारीपत्रमा सेजनका अध्यक्ष गोकर्ण अवस्थी तथा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीब सुब्बाले हस्ताक्षर गरेका थिए ।