Logo

सातौ हुण्डाई ओपन गल्फ टुर्नामेन्टमा शाह बने विजेता, महिला तर्फको उपाधि शेर्पालाई

सातौ हुण्डाई ओपन गल्फ टुर्नामेन्टमा शाह बने विजेता, महिला तर्फको उपाधि शेर्पालाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सातौ हुण्डाई ओपन गल्फ टुर्नामेन्टमा विजेताको उपाधि विकास शाहले पाएका छन् । शनिवार गोकर्ण फरेष्ट रिसोर्टमा भएको प्रतियोगितामा उनले प्रतिशपर्धी आङनोर्वु शेर्पालाई पछि पार्दै विजेता बनेका हुन् । उनले ट्रफिका साथमा १ लाखको भौचर र स्मार्ट फोन प्राप्त गरेका छन् । त्यस्तै द्धितिय भएका शेर्पाले ट्रफिका साथमा ५० हजार र एउटा स्मार्ट फोन पुरस्कार स्वरुप प्राप्त गरे । प्रतियोगितामा निश्चयजंग रायमाझी तृतिय भएका छन् । उनले ट्रफी, २० हजार नगद तथा स्मार्ट फोन प्राप्त गरेका छन् ।

त्यसैगरी महिलातर्फ प्रतिमा शेर्पा विजयी भएकी छिन् । उनलाई २० हजार र स्मार्टफोन दिइएको थियो । त्यस्तै जेष्ट नागरिकतर्फ गोपाल चित्रकार विजयी बनेका छन् ।
हुण्डाई अनर्स क्याटेगरीमा जामलिङ घले विजेताबनेका छन् । उनले ३४ अंक ल्याइ २० हजार र स्मार्टफोन प्राप्त गरेका हुन् ।

अण्डर सेभेन्टिनमा साम दुवलार्ड र संयोग शाही लङ ड्रइभ विधामा विजेत ाबनेका छन् । प्रतियोगितामा १ सय १५ जनाले भाग लिएक थिए । प्रतियोगिताको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले आयोजना गरेको हो ।

विजेताहरुलाई साउथ कोरियाका राजदुत छोइ योङ जिन,लक्ष्मी ग्रुपका गणेशबहादुर श्रेष्ठ, गोकर्ण गल्फ क्लवका अधयक्ष सुहृद घिमिरे र क्याप्टेन जोशेप नाथनले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्