Logo

कांग्रेस कार्यकर्ताले हरेक क्षेत्रमा नेतृत्व गर्नुपर्छ:डा महत, इमानदार र सक्षम कार्यकर्तालाई मात्र टिकट

कांग्रेस कार्यकर्ताले हरेक क्षेत्रमा नेतृत्व गर्नुपर्छ:डा महत, इमानदार र सक्षम कार्यकर्तालाई मात्र टिकट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूर्व अर्थमन्त्री डा रामशरण महतले स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरुले समाजका हरेक क्षेत्रमा नेतृत्व लिनुपर्ने बताएका छन् ।
बनेपामा आयोजित कांग्रेस कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेससँग मात्र मुलुकको विकासको स्पष्ट खाका भएकोले जनताको घरदैलोमा पुगेर यो कुरा भन्नुपर्ने र जनताको मत माग्नुपर्नेमा जोड दिए । ‘कांग्रेसले मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रको नेतृत्व गरेको र अहिले सबै राजनीतिक दलहरु कांग्रेसले अंगालेको बाटो पछ्याउन आएका छन’ उनले भने ‘ तपाईहरुले शीर ठाडो पारेर गौरवका साथ जनतालाई भन्नुहोस र मत माग्नुहोस, विकास र प्रगतिको बाटोमा तपाईलाई कांग्रेसले मात्र सही मार्गमा डो¥याउँछ ।’

कांग्रेसका नेताहरुले पहिला नै दूरगामी दृष्टिकोण राखेर स्पष्टरुपमा नीतिगत दिशाबोध गरिसकेको उनले बताए । अहिलेसम्म कांग्रेसले लिएको बाटो नै सही भएको छ र हिंस्रक आन्दोलन गर्ने लगायत सबै दलहरु यही बाटोमा प्रतिस्पर्धा गरी मत माग्न जनतासमक्ष आइसकेका छन ।

अहिलेको स्थानीय तह स्थानीय निकाय जस्तो नभएको उल्लेख गर्दै नेता डा महतले साधन स्रोतलगायत प्रशस्त अधिकारहरु स्थानीय तहमा आएको जानकारी दिए । महिलाहरुलाई संविधानले नै प्रशस्त अधिकारको सुनिश्चितता गरेकोले आ आफ्नो क्षमता विकास गरी महिलाहरु नेतृत्व लिन अग्रसर हुनुपर्नेमा जोड दिए । साथै कांग्रेसले महिलाको नेतृत्व विकासमा अभियान नै चलाउने पनि स्पष्ट पारे । नेता डा महतले स्थानीय तहको नेतृत्वका लागि पार्टीले जनतामा प्रिय, इमानदार र सक्षम कार्यकर्तालाई टिकट दिने र अन्यथा भएमा आफूले खबरदारी गर्ने आश्वासन दिए ।

अवको राजनीति विकासको हुने स्पष्ट पार्दै उनले भने ‘आगामी दिनमा हरेक तहको नेतृत्व गर्ने व्यक्तिमा विकासवादी सोच हुनु आवश्यक छ ।’ विकासवादी सोच भएकोले मात्र समाजलाई सही नेतृत्व प्रदान गर्न सक्नेछ ।

कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चन बादे श्रेष्ठ, पार्टी सभापति मधु आचार्य लगायत नेता तथा कार्यकर्ताहरुले स्थानीय तहमा पार्टीले सक्षम, इमानदार र लोकप्रियलाई निश्पक्ष ढंगले टिकट वितरण गरेमा कांग्रेसले स्थानीय तहमा अरु दलहरुलाई बढार्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्