Logo

सात महिनामा ४२ अर्वको वस्तु बाहिरियो, यस्ता छन् बढी निर्यात हुने पाँच उत्पादन

सात महिनामा ४२ अर्वको वस्तु बाहिरियो, यस्ता छन् बढी निर्यात हुने पाँच उत्पादन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक वर्ष २०७३\७४ को सात महिनामा नेपालबाट ४२ अर्व १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जसमा सवैभन्दा बढी भारत तर्फ २४ अर्व ४१ करोड निर्यात भएको छ ।

त्यस्तै तेस्रो मुलुकतर्फ १७ अर्व र चीनतर्फ १ अर्व बराबरको बस्तु बाहिरिएको हो । यीमध्ये सात महिनामा जुस, रोजिन, जिआईपाईप लगायतका वस्तुको निर्यात बढेको नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांकले देखाएको छ ।

जसअनुसार सो अवधिमा नेपालबाट २ अर्व २७ करोड बराबरको जुस निर्यात भएको छ । त्यस्तै १ अर्व ६० करोड बराबरको पोष्टिर धागो निर्यात भएको छ ।

सो अवधिमा नेपालबाट ६४ करोड रुपैयाँको जिआइ पाइप बाहिरिएको छ । त्यसैगरी सो अवधिमा १ अर्व ५ करोड बराबरको छालाजन्य उत्पादन निर्यात भएको तथ्यांकले देखाएको छ ।
वसात महिनामा नेपालबाट १ अर्व ५७ करोड रुपैयाँ बराबरको जस्तापाता निर्यात् भएको  तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्