Logo

प्रहरीले फेरी समात्यो ७ केजी सुन, स्कार्पियो गाडी सहित पक्राउ परे स्याङजाका गैरे

प्रहरीले फेरी समात्यो ७ केजी सुन, स्कार्पियो गाडी सहित पक्राउ परे स्याङजाका गैरे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रहरीले ७ किलोग्राम सुन सहित प्रकाश गैरेलाई पक्राउन गरेको छ । प्रहरीले स्याङजा वालिङका ३५ वर्षीय प्रकास गैरेलाई सुन सहित पक्राउ गरेको हो ।

सिमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरी टोलीले गैरे चढेको वा १७ च २२७५ नम्बरको स्कार्पियो गाडी सहित पक्राउ गरेको हो । प्रहरीले विहिबार टिमुरे–५ मा चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त सुन बरामद गरेको जानकारी दिएको छ ।

सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्