अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले घोषणा गर्न लागेको नयाँ बजेटमा अनुदानका रुपमा बाहिरीने बजेट व्यापक कटौतीको तयारी अघि बढेको छ ।
वासिङ्टनका कर्मचारीहरुलाई ट्रम्प आफैले आगामी बजेटमा संयुक्त राष्ट्रसङ्घलाई उपलब्ध गराउँदै आएको सहयोग ५० प्रतिशतले कटौती गनर्न निर्देशन दिएको खबर बाहिर आएको छ ।
अमेरिकाले प्रत्येक बर्ष संयुक्त राष्ट्रसङ्घका लागि १० अर्ब डलर(१० खर्ब रपैयाँभन्दा बढी) बजेट छुट्याउँदै आएको छ ।
अमेरिकाले सन् २०१८ का लागि आउँदो बिहिबार बजेट सार्वनजिक गर्ने तयारी गरेको छ । यो बजेटमा अमेरिकाले अन्य देशमा सञ्चालनमा ल्याएका कार्यक्रममा पनि कटौतीगर्ने तयारी गरेको छ ।
अमेरिकाबाट विभिन्न देशमा सहयोग नियोगका रुपमा सञ्चालित यूएस एजेन्सी फर इण्टरनेशनल डेभलपमेण्ट(युएसआइडी)को बजेट पनि ३७ प्रतिशतले घट्ने तयारी भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युएसआइडी नेपालमा पनि सक्रिया सहयोग नियोग हो ।
अमेरिका संयुक्त राष्ट्र सङ्घमा सबैभन्दा धेरै बजेट छुट्याउने देश हो ।