Logo

भारत एसियामै सबैभन्दा धेरै घुस दिनुपर्ने देश, चारमध्य एकजना दिन्छन् घुस

भारत एसियामै सबैभन्दा धेरै घुस दिनुपर्ने देश, चारमध्य एकजना दिन्छन् घुस


बिजखबर संवाददाता
0
Shares

भ्रष्ट्राचारको क्षेत्रमा अध्धयन अनुसन्धान गर्दै आएको ट्रान्सपरेन्सी इण्टरनेशनको १८ महिनाको सर्वेक्षणले एसिया प्रशान्तमा भारत सबैभन्दा धेरै घुस दिनुपर्ने देशको रुपमा रहेको तथ्य बाहिर ल्याएको छ । यस क्षेत्रका करिब बीस हजार व्यक्तिमा गरिएको सोधपुछमा प्रत्येक चार मध्य एकजनाले सार्वजनिक सेवा प्रयोग गर्दा घुस दिनुपरेको प्रतिक्रिया दिएका छन् ।

bribe
ट्रान्सपरेन्सीका अनुसार भारतमा घुसको दर ६९ प्रतिशत रहेको छ । विद्यालयदेखि अस्पताल, परिचयपत्र, प्रहरी प्रशासन र दैनिक उपभोग्यका सामानको खरिद गर्दा पनि भारतमा घुस दिनुपर्ने अवस्था रहेको तथ्य बाहिर आउको छ ।

तर पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदीको कदमप्रति भने भारतीय जनता पछिल्लो समय सकारात्मक बन्दै गएको पनि ट्रान्सपरेन्सी इण्टरनेशनलले जनाएको छ ।

भारतपछि ६५ प्रतिशत दरसहित भियतनाम दोस्रो स्थानमा रहेको छ ।

भियतनामका अधिकांश जनता सरकारको काम प्रति सन्तुष्ट छैनन् । भियतनामपछि थाइल्याण्ड ४१ प्रतिशत, पाकिस्तान र म्यानमार ४० प्रतिशतसहित क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्