Logo

पोखरेल भन्छन्, नागरिक लगानी कोषलाई चुनौती थपिएको छ, नयाँ कार्यक्रम ल्याउँदैछौं

पोखरेल भन्छन्, नागरिक लगानी कोषलाई चुनौती थपिएको छ, नयाँ कार्यक्रम ल्याउँदैछौं


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बजारमा कोषलाई प्रतिस्पर्धी संस्थाको रुपमा अघि बढाउनु चुनौतिपुर्ण रहेको बताए । ‘बजारमा कोषलाई प्रतिस्पर्धी संस्थाको रुपमा अघि बढाउन कोषले नयाँ कार्यक्रम सार्वजनिक गरेको छ,’ कोषको २७ औं वार्षिकोत्सवको अवसरमा उनले भने, ‘विभिन्न समस्या र प्रतिस्पर्धाका बावजुत पनि कोषले फड्को मारिरहेको छ ।’

कोषले आबास, सरल, र शैक्षिक कर्जाको नयाँ अबधारण ल्याइसकेको जानकारी दिँदै यसलार्य द्वुत गतिमा अघि बढाइने बताए । त्यसैगरी कोष सचालक समितिका अध्यक्ष महाश्रम शर्माले सबै कर्मचारीको सहयोग र सदभावको कारण कोष अहिलेको अवस्थामा आइपुगेको बताए । कार्यक्रममा कोष ब्यवस्थापन समुहले लेखापरिक्षण कार्य र ५ बर्षे रणनीतिक योजनाले आत्मसाथ गरेको लक्ष्य निर्धारित समयमै हासिल गर्ने प्रतिवद्वता ब्यक्त गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।
कोषले बार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम गरेको थियो । कार्यक्रममा कोष संचालक समितिका पदाधिकारी, कार्यकारी निर्देशक, मुख्य ब्यवस्थापक लगायत सबै कर्मचारीको उपस्थिती रहेको थियो । बिहान कोषको कार्यलयबाट सुरु भएको प्रभात फेरी कार्यक्रम माइतीघर मण्डला हुदै कोष परिषरमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्