Logo

सात महिनामा साढे ८ अर्बको एफडीआई, साना उद्योगमा लगानी बढी

सात महिनामा साढे ८ अर्बको एफडीआई, साना उद्योगमा लगानी बढी


बिजखबर संवाददाता
0
Shares

चालु आर्थिक वर्षको ७ महिनामा साढे ८ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई)को प्रतिवद्धता आएको छ । उद्योग विभागकाअनुसार गत साउनदेखि माघ अन्तिमसम्मा ८ अर्ब ४१ करोड ६० लाख रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिवद्धता आएको हो ।

विभाग समिक्षा अवधिमा १ सय ९९ ओटा उद्योग दर्ता भएका हुन् । ती उद्योगले ५ हजार ८ सय १ जनालाई रोजगारी दिने प्रतिवद्धता गरेका छन् ।

विभागकाअनुसार सवैभन्दा बढी लगानी प्रतिवद्धता साना साना उद्योगमा आएको छ । दर्ता भएका १ सय ८१ साना उद्योगले ४ अर्ब ५७ करोड रुपैयाँको लगानी प्रतिवद्धता गरेका हुन् । त्यस्तै, सो अवधिमा ५ ओटा मात्रै ठूला उद्योग दर्ता भएका छन् । दर्ता भएका ठूला उद्योगमा ३ अर्ब २६ करोड लगानी र ५ सय ६५ जनालाई रोजगारी दिने प्रतिवद्धता आएको छ । त्यस्तै, मझौला उद्योग भने १३ ओटा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्