काठमाडौं । सरकारले गाउँ विकास समिति खारेज गर्दै स्थानीय तह कार्यान्वयन भएको घोषणा गरेको छ । नवनियुक्त संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले पदभार ग्रहणसँगै उक्त घोषणा गरेका हुन् । शुक्रबार राजपत्रमा प्रकाशित भएसँगै थापाले स्थानीय तह कार्यान्वयन भएको घोषणा गरेका थिए ।
उनले ७ सय ४४ स्थानीय तहकोे घोषणा गरेका छन् । ५५ वर्षपछि स्थानीय निकाय पुर्नसंरचना गरी स्थानीय तहको घोषणा गरेका हुन् । यसअघि राजा महेन्द्रले २०१८ सालमा स्थानीय निकाय पुर्नसरचना गरेका थिए ।
पूर्व सचिव बालानन्द पौडेलको संयोजकत्वमा गठित स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तह निर्धारण गरेको थियो । तर, त्यसलाई सरकारले संसोधन गर्दै ७ सय ४४ पुर्याएको थियो । स्थानीय तह कार्यान्वयनमा आएँसगै हाल भएका ३ हजार १ सय ५७ गाविस स्वत खारेज भएका छन् । यसँगै गाविसको लेटरप्याड, साइनबोर्ड, निशान छापजस्ता सामाग्री समेत चल्ने छैन । जसले गर्दा स्थानीय तहको कामकारवाहीमा केही जटिलता ल्याउने देखिएको छ ।
स्थानीय तह घोषणासँगै हाल गाविसबाट हुँदै आएका सम्पूर्ण काम स्थानीय तहको नामबाट हुनेछन् ।