Logo

३० हजार निम्तालु, ड्रोनबाट भिडियो ‘रेकर्ड’, भव्य बन्यो बीजेपी नेताको छोराको बिहे

३० हजार निम्तालु, ड्रोनबाट भिडियो ‘रेकर्ड’, भव्य बन्यो बीजेपी नेताको छोराको बिहे


बिजखबर संवाददाता
0
Shares

बिवाहमा अधिक खर्च भएको निष्कर्ष निकाल्दै नेपालमा बढीमा एक सय ५० जनालाई निम्ता गर्न सक्ने सिमा तोकिएको छ । यसको पालना नभएपनि बढीमा दुई चार सयको सहभागिता नेपाली बिहे परम्परामा चलिआएको छ । अनुमान लगाउनुहोस एउटा बिहेमा कतिसम्म निम्तालु हुन सक्छन् ? एक हजार अथवा भव्य नै भए दुईहजार र यसकै आसपास । तर भारतमै हालै सम्पन्न एउटा बिहे यसमा निम्ता गरिएका व्यक्तिको सङ्ख्याकै कारण निकै चर्चामा छ ।

IndianIndian

 
नेपालमा नगरपालिका हुनका लागि तोकिएको जनसङ्ख्याभन्दा पनि निकै धेरै अर्थात करिब ३० हजार जनालाई यो बिवाहमा निम्ता गरिएको थियो । विवाह थियो महाराष्ट्र राज्यका भारतीय जनता पार्टीका प्रमुख राओसाहेब डान्वेका छोरा सन्तोष डान्वेको । सो विवाहमा महराष्ट्रका मुख्यमन्त्री मेवेन्द्र फाड्नाविजसहित उनका क्याबिनेट मन्त्रीको सहभागिता थियो ।
मराठी भाषाका चर्चित सङ्गितकार राजेश सर्काटेका छोरी रेनुसँग भएको उक्त विवाहको मञ्च ऐतिहासिक भारतीय दरबारको जस्तो निर्माण गरिएको थियो । कतिसम्म भने सहरको एकतर्फको सडक यो बिहेकै लागि बन्द गरिएको थियो । यो सबैको अनुगमनका लागि स्थानीय प्रहरीले ड्रोनबाट भिडियो कैद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्