Logo

महासंघ वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी, तयारीमा जुट्दै गोल्छा

महासंघ वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी, तयारीमा जुट्दै गोल्छा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न्न निर्वाचनका लागि किशोर प्रधानले विराटनगरबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यस पटकको चुवनामा विधान संसोधन गरी अध्यक्ष स्वत चयन हुने भएकाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेवारी घोषणा गरेका हुन् ।

प्रधानको समुहबाट जिल्ला तथा नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ रहेका छन् । प्रधानले तत्कालका लागि आफ्नो प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षको मात्र टुङ्गो लगाइएको जानकारी दिए ।
केही दिनभित्रै बस्तुगत र एशोसियट्सको पनि टुङ्गो लगाइने प्रधानले जानकारी दिए । दुवै उपाध्यक्षको लागि पनि उम्मेदवारी टुङ्गो लगाउने विषयमा आन्तरिक रुपमा गृहकार्य भइरहेको र केही समयभित्रै घोषणा गरिने उनको भनाइ छ ।

वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, शंकर पाण्डे र अनुप मल्लमध्ये एक जना उठाउने तयारी भइरहेको प्रधानले जानकारी दिए । यस्तै एशोयिएट्स उपाध्यक्ष्यमा भने चन्द्रढकाल र शौरभ ज्योतिमध्ये एकलाई उठाउने तयारी गरिएको समेत उनले जानकारी दिए । हाल सो विषयमा टीममा छलफल भइरहेको र १/२ दिनमै टुङ्गो लाग्ने उनको दावी थियो ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याशी शेखर गोल्छाले भने केही दिनभित्रै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारी भैरहेको बताएका छन् । सवै पदाधिकारीको टुङ्गो लागेपछि मात्र उम्मेदवारी दिने उनले जानकारी दिए । हाल जिल्ला तथा नगर र बस्तुगततर्फको उम्मेदवार टुङ्गो लागेको र एशोसिएट्समा छलफल हुन बाँकी रहेको उनले जानकारी दिए । गोल्छाको समुहबाट जिल्ला तथा नगरमा दिनेश श्रेष्ठ र बस्तुगतमा उमेशलाल श्रेष्ठको टुङ्गो लागेको छ । तर, एशोसिएट्मा भने ज्ञानेन्द्रलाल प्रधान र चन्द्रप्रसाद ढकाललको विषयमा छलफल भइरहेको जानकारी दिए । अहिलेसम्म चन्द्रप्रसाद ढकाललाई भने दुवै समुहले आफ्नो पक्षमा राख्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL