काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्धसिंह तामाङले काठमाडौं महानगरपालिकाले आफुलाई व्यवस्थपन तथा निर्णय लिन सिकाएको बताए । शनिवार सामाजिक क्षेत्रका प्रतिनिधि, मेयर,राजनितिक दल तथा पत्रकारहरुवीच उनले विश्वका कुनै पनि विश्वविद्यालयमा सिक्न नपाइने शिक्षा कार्यकारी प्रमुख भएर सिक्न पाएको बताएका हुन् । त्यस्तै यो सिप आफु जहाँ गएपनि लागु गर्ने समेत जानकारी दिए ।
कार्यक्रममा उनले आफ्नो कार्यकालमा पुरा गरेका तथा शुरु गरेका कामबारे जानकारी दिएका थिए । आफुले शुरु गरेर पुरा नभएका काम नयाँ प्रमुखले निरन्तरता दिउन भन्दै प्रस्तुत गरेको जानकारी दिए ।
आफ्नो करिव २२ महिनाको कार्यकालमा मार्सको शुरुवात गरेको जानकारी दिए । साथै उज्यालो काठमाडौं कार्यक्रम अन्तर्गत २ हजार पोलमा सोलार बत्ती जडान गरेको बताए । त्यस्तै मानवताको शहरको अभियान शुरु गरेको समेत जानकारी दिए । जसअन्तर्गत बाटोमा बेवारिसे अवस्थामा रहेका मानिसहरुलाई संरक्षण दिइ हेरचाह गर्न एक चरणको कामको शुरुवात भएको छ । यसका लागि वजेट समेत विनियोजन भइसकेको छ ।
त्यस्तै धर्मपथमा मल्टीस्टोरी तथा लैनचौर र खुल्लामञ्चमा अन्डरग्राउण्ड पार्किङका लागि अध्ययनको रिपोर्ट आइसकेको जानकारी दिए । तामाङ आइतवारदेखि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पदबहाली गर्ने छन् । यससँगै महानगरपालिकामा इश्वर पौडेलले कार्यकारी निर्देशक को भुमिका निर्वाह गर्ने छन् ।