काठमाडौं । लगानी सम्मेलनमा १३ अर्व ५२ करोड डलर अर्थात साढे १४ खर्व रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ । जसमध्ये चीनबाट सवैभन्दा बढी ८ दशमलव ३ विलियन डलरको प्रतिवद्धता आएको हो ।
त्यस्तै बंगलादेशबाट २ दशमलव ४ विलियन, जापान र युकेबाट १/१ विलियन, श्रीलंका बाट ५ सय मिलियन र भारतबाट ३ सय १७ मिलियन लगानी प्रतिवद्धता आएको छ ।
लगानी सम्मेलनको अन्तिम दिन शुक्रवारसम्म नेपालबाट पनि ११ दशमलव ५ मिलियनको प्रतिवद्धता आएको लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीले जानकारी दिए ।
सम्मेलनमा जलविद्युत, पूर्वाधार तथा पर्यटन क्षेत्रमा सो बराबर लगानीको प्रतिवद्धता गरेको हो । अनुमान गरिएभन्दा १२ खर्ब ५२ करोड रुपैयाँ बढीको प्रतिवद्धता आएको हो । सरकारले लगानी सम्मेलनबाट १ खर्ब जुट्ने अनुमान गरेको थियो ।
विदेशी लगानीकर्ताले लगानी गर्ने प्रतिवद्धतासहित ‘लेटर अफ इन्टेन्ट’ लगेका छन् । जसमध्ये त्यस्तै यती लगानी गर्ने भन्ने नतोकी इच्छापत्र लाने पनि धेरै भएको उनले जानकारी दिए ।