काठमाडौं । नेपालमा लगानी स्वीकृतिको प्रक्रियामा समस्या भएको लगानीकर्ताहरुले गुनासो गरेका छन् । काठमाडौंको सोल्टी होटलमा जारी लगानी सम्मेलनको अन्तिम दिन आज उनीहरुले लगानी स्वीकृतिको प्रक्रिया झण्mभटिलो र नीतिमा समस्या भएको गुनासो गरेका हुन् ।
त्यस्तै सरकारका प्रतिनिधिहरुले यस्ता समस्या क्रमश सुधार गर्न तर्फ सरकार लागेको जानकारी दिएको छ ।
साथै चाँडै नै लगानी स्वीकृतिको प्रक्रियालाई छिटो र छरितो बनाइने विश्वास व्यक्त गरिएको छ ।