Logo

प्रेश काउन्सिलले ल्यायो विज्ञापन निर्देशिका, दाताको परिचय अनिवार्य खुलाउनुपर्ने

प्रेश काउन्सिलले ल्यायो विज्ञापन निर्देशिका, दाताको परिचय अनिवार्य खुलाउनुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल प्रेश काउन्सिलले ‘विज्ञापन सम्बन्धी सञ्चार निर्देशिका–२०७३’ जारी गरेको छ । पछिल्लो समय अरुलाई असर गर्ने तथा स्रोत नखुलेका विज्ञापन प्रकाशन तथा प्रशारण गर्ने क्रम बढेसँगै त्यसलाई निरुत्साहित गर्न उक्त निर्देशिका ल्याइएको प्रेश काउन्सिलले जानकारी दिएको छ ।

निर्देशिका अनुसार पत्रकार र सञ्चारमाध्यमले स्पष्ट परिचय खुल्ने आधिकारिक परिचयप पत्र वा दर्ता नवीकरण भएका विज्ञापनदाताको मात्र विज्ञापन सम्प्रेषण गर्नुपर्ने छ । यदि कुनै विज्ञापन सम्बन्धित निकायबाट सहमति लिनुपर्ने खालको भएको त्यसको सहमति लिएको प्रमाणपत्र भएमा मात्र प्रकाशन गर्न पाइने छ ।

यदि पत्रकार र सञ्चारमाध्यमले खुला तथा स्वच्छ प्रतिस्पर्धी बजारको सिद्धान्त अनुकूलका, कुनै उत्पादन वा प्रतिस्पर्धीलाई असर गर्ने तथा होच्याउने खालका विज्ञापन प्रकाशित गरेमा कारवाही हुने भएको छ । केही समय अघि स्रोत नखुलेको संस्थाले नाङ्गो सावुनको विरुद्ध अनावश्यक विज्ञापन प्रकाशित गरेपछि सो विषयमा सम्बद्ध सरोकारवालाको ध्यान केन्द्रित भएको थियो । नयाँ निर्देशिका आएसँगै अब त्यस्ता खालका विज्ञापन प्रकाशन तथा प्रशारण गर्न बन्देज लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL