काठमाडौं । जिओनी ब्राण्डले उपत्यका बाहिरका बिभिन्न ५ ठाउँमा विशेष प्रकारको सेवा केन्द्र खोलेर मर्मत सेवा दिन थालेको छ । ‘जिओनी–केयर’ नाम दिइएका यी सेवा केन्द्रहरुमा दक्ष प्राविधिकहरुद्वारा गुणस्तरीय सेवा उपलब्ध गराइने छ ।
जिओनीले पोखरा, नारायणघाट, नेपालगंज, इटहरी र वीरगंजमा विशेष सेवा केन्द्रहरु संचालन गरेको हो । यसले जिओनी मोबाइल सेटमा आउने कुनै पनि प्राविधिक समस्या पूर्णरुपमा समाधान गर्न मद्दत पुग्ने कम्पनीले जानकारी दिएको छ ।
जसमा सफ्टवेयरलाई अपडेट गराउन सकिन्छ । यस अघि जिओनीले सीटीसी मल सुन्धारामा विशेष सेवा केन्द्र स्थापना गरी सेवा दिदै आएको थियो ।