Logo

आजबाट २० वर्षे सवारीसाधन संचालनमा प्रतिबन्ध, नविकरण र रुट इजाजत खारेज

आजबाट २० वर्षे सवारीसाधन संचालनमा प्रतिबन्ध, नविकरण र रुट इजाजत खारेज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आजबाट २० वर्षभन्दा पुराना सवारीसाधन संचालमा पूर्ण रुपमा बन्देज लगाएको छ । सरकारको नीति अनुरुप २० वर्षे सवारीसाधन हटाउन शुरु गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।

पुराना सवारीसाधनबाट बढी प्रदुषण तथा दुर्घटना हुने हुनाले त्यस्ता सवारीसाधन हटाउन शुरु गरिएको हो । यदि कसैले कानुनको व्यवास्ता गरी २० वर्षभन्दा बढी पुराना सवारीसाधन संचालनमा ल्याएमा जफत गरी कारवाही गरिने समेत उनले जानकारी दिए । ‘२० वर्षभन्दा बढी पुराना सवारीसाधन नियन्त्रणको लागि ट्राफिक प्रहरीसँग सहकार्य गरेका छौं,’ उनले भने, ‘यदि चालाइएको देखिएमा ट्राफिक प्रहरीले समातेर कारवाही प्रक्रिया अघि बढाउने छ ।’

पाण्डेका अनुसार अबका दिनमा त्यस्ता सवारीसाधन संचालन गरेमा १ देखि ५ हजार रुपैयाँसम्म जरिमाना हुनेछ । त्यसैगरी उक्त गाडी समेत जफत गरिने छ । ‘आजदेखि २० वर्षभन्दा पुराना सवारीसाधन संचालन गर्नु पूर्ण रुपमा गैरकानुनी काम हो,’ उनले भने, ‘त्यस्ता सवारीसाधनको आजैबाट नविकरण तथा रुट इजाजत खारेज भइसक्यो ।’ २० वर्षे सवारीसाधन रोक्ने नीति अनुरुप त्यस्ता सवारीसाधनको नविकरण र रुट इजाजत स्वत खारेज हुने उनको तर्क छ ।

नेपालमा कति जति २० वर्षभन्दा पुराना सवारीसाधन संचालनमा छन् भन्ने यकिन तथ्याङ्क यातायात व्यवस्था विभागसँग समेत छैन । तर, यो व्यवस्थाले २० वर्षभन्दा पुराना कम्तीमा २ हजार ५ सय सवारीसाधन विस्तापित हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL