Logo

झन् घाटामा भारतीय ध्वजाबाहक एयर इण्डिया, ५१ प्रतिशत सेयर बेच्दै सरकार

झन् घाटामा भारतीय ध्वजाबाहक एयर इण्डिया, ५१ प्रतिशत सेयर बेच्दै सरकार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक विमान एयर इण्डियाको बहुमत सेयर बिक्रि गर्ने तयारी भारत सरकारले गरेको छ । सन् २००७ देखि नियमित घाटा गइरहेको एयर इण्डियाको ५१ प्रतिशत सेयर बेच्ने निर्णयमा भारत सरकार पुगेको ब्लुमबर्गले स्रोतलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ ।

सेयर बिक्रि योजना अनुसार राष्ट्रिय ध्वजाबाहकलाई पाँच बर्षभित्र ‘रिभाइभ’ गर्ने मोडालिटी बनाइएको छ । अहिलेसम्म एयर इण्डिया ७ अर्ब डलरको ऋणमा छ । निजी क्षेत्रका विमान सेवा प्रदायकले आक्रामक बजार विस्तार गरेपछि एयर इण्डियाको बजार खस्कदैं गएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL