Logo

दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मी दिक्षीत, आइएमसीले दियो थप ५ एम्बुलेन्स

दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मी दिक्षीत, आइएमसीले दियो थप ५ एम्बुलेन्स


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिस (नासा) ले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरुका लागि दिक्षान्त समारोह आयोजना गरेको छ । सो अवसरमा स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिन द्धारा संचालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचमा ४७ जना स्वास्थ्यकर्मीलाई समारोहकास्वास्थ्य मन्त्री गगन थापाले प्रमाणपत्र प्रदान गरेका थिए ।

सोहि कार्यक्रममा इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी) ले नेपाल एम्बुलेन्स सर्भिसलाई ५ वटा नयाँ एम्बुलेन्स सहयोग गरेको छ । नयाँ टोयोटा हायस एम्बुलेन्सका पाँच थान साँचोहरु आईएमसीले माननिय स्वास्थ्य मन्त्री गगन थापामार्फत चालकहरुलाई पछि हस्तान्तरण गरिएको हो ।

नासाले यस अघी देखि नै काठमाडौं उपत्यका र चितवनमा दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरु सहितको पूर्ण सुविधा सम्पन्न ६ वटा एम्बुलेन्स संचालन गर्दै आएको छ । संस्थाले पोखरा, बुटवल र भैरहवामा पनि सेवा बिस्तार गर्ने भएको छ । कार्यक्रममा मन्त्रि थापाले नेपाल सरकार अब नेपाल एम्बुलेन्स सर्भिससंग हाते मालो गरेर यस्तै स्तरिय सेवा सम्पूर्ण राज्य भरि संचालन गर्न अघि सर्ने छ बताए । साथै पब्लिक प्राइभेट पार्टनरशीपको उत्कृष्ट नमुना बन्ने कुरामा मा विश्वस्त रहेको जानकारी दिए ।

एम्बुलेन्स हस्तान्तरण पछि, नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले हालसम्म २० हजार बिरामीहरुलाई सेवा प्रदान गर्न सफल भएको जानकारी दिए । जस मध्ये ३६ वटा शिशुको जन्म एम्बुलेन्स भित्रै भएको थियो । साथै महा विनासकारी भूकम्पको बेलामा नेपाली सेना र नेपाल प्रहरी सँगको संयोजकत्वमा ७ सय भन्दा बढि घाईतेहरुलाई उद्धार गर्न गरेको उनले जानकारी दिए ।

इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी)का देशिय निर्देशक जोलेने माएमुलिन्सले नेपाल एम्बुलेन्स सर्भिससँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । अन्य विकसित मुलुक जस्तै नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको एम्बुलेन्स सेवा संचालन गरि रहेकोमा नासालाई बधाई दिए ।

प्रतिक्रिया दिनुहोस्