Logo

विदेशी लगानीलाई ५ वर्षसम्म कर छुटको प्रस्ताव, संसदमा पुग्यो ‘फिटा’

विदेशी लगानीलाई ५ वर्षसम्म कर छुटको प्रस्ताव, संसदमा पुग्यो ‘फिटा’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा)लाई नीतिगत रुपमा कार्यन्वयनको तयारी गरेको छ । सो ऐन मन्त्रालयबाट स्वीकृतिका लागि संसदमा पेश उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । ‘फिटा संसदमा पुगेको छ’ उनले भने, ‘संसदबाट पारित भएर आएपछि कार्यन्वयनमा आउने छ ।’

मन्त्रालयले बढीभन्दा बढी विदेशी लगानी भित्र्याउने उद्देश्य अनुरुप कर छुटको प्रस्ताव सहित फिटा पारितको लागि संसदमा पेश गरेको उनको जानकारी दिए । फिटा पारित भएसँगै विदेशी लगानीका उद्योगले स्थापना भएको ५ वर्षसम्म कर तिुर्नपर्ने छैन । यसैगरी विदेशी लगानीका उद्योगहरुलाई परिवर्तिय मुद्रामा नाफा लैजान मिल्ने व्यवस्था समेत गरिएको उनले जानकारी दिए । ‘हाल विदेशी लगानीका उद्योगले लगानी गरेको कम्पनीबाट आर्जित मुनाफा लैजानलाई केही समस्या छ,’ उनले भने, ‘फिटा पारित भएसँगै विदेशी लगानीकर्ताले जुन मुद्रामा लगानी ल्याए सोही मुद्रामा मुनाफा लैजान पाउनेछन् ।’

मन्त्री जोशीका अनुसार फिटामा विदेशी उद्योगको स्थापना, त्यसको संचालन प्रक्रिया तथा कुनै पनि उद्योगी वाहिरीने प्रक्रिया समेत सहज बनाइएको छ । नेपालमा उद्योग स्थापना गर्न सजिलो तथा एक पटक उद्योग लगाइसकेपछि त्यसबाट वाहिरने प्रक्रिया एकदमै झण्झटिलो रहेकाले त्यसलाई परिमार्जन गरिएको उनको तर्क छ ।

फिटाले कुनै पनि विदेशी कम्पनीले गरेको मुनाफालाई सकभर नेपालमै थप लगानी गर्नेगरी प्रोत्साहनका कार्यक्रम समेत ल्याउने जोशीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्