Logo

जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योग मन्त्रीको आग्रह, भन्छन् ‘हामीसँग दक्ष कामदार छन्’

जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योग मन्त्रीको आग्रह, भन्छन् ‘हामीसँग दक्ष कामदार छन्’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली दूतावास जापानको आयोजनामा टोकियोमा ‘नेपाल ईन्भेष्टमेन्ट सेमिनार’ सम्पन्न भएको छ । सो अवसरमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले विदेशी लगानीकर्ताका लागि लगानी गर्ने उपयुक्त मुलुक बनेको बताए । जापानी कम्पनीका प्रतिनिधि तथा लगानीकर्ताहरूको सहभागिता रहेको कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री जोशीले नेपालका विशेष पाँच क्षेत्रमा लगानीकर्ताले विशेष फाईदा लिन सक्ने जानकारी दिए ।

समारोहमा उनले नेपाल सरकारले नेपालको उर्जा क्षेत्रलाई विदेशी लगानीकर्ताका लागि पहिलो प्राथमिकतामा राखेको बताए । यस्तै दोश्रोमा पूर्वाधार विकास, तेश्रोमा पर्यटन, चौथोमा कृषि र पाँचौमा खनिज पदार्थको उत्पादनमा विदेशी लगानीलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले नेपाल र जापान सरकार तथा जनताबीचको असल सम्वन्धका लगानीकर्ताले विदेशमा लगानी गरेको जस्तो अनुभव गर्नु नपर्ने समेत बताए । ‘नेपालमा कामदारको अभाव झेल्नु पर्दैन’ उनले भने ‘ हामीसँग विश्वका हरेक मुलुकमा पुगेर असल कामदारको अनुभव संगालेका ‘लेवरदेखी निर्देशकसम्म छन्’ ।

त्यस्तै नेपालीको क्षमता उर्जाशिल भएको कारण नेपाल सरकारले लगानी सुनिश्चितता भए लगत्तै देखी सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे । जोशीले मार्च २ र ३ मा काठमाण्डौमा हुने लगानी सम्मेलनमा सहभागि सहभागि हुन जापानीहरूलाई आग्रह गरे ।

कार्यक्रममा जापानीहरूले नेपालमा सुरक्षा अवस्था, सडक, पानी र विजुलीको संजालको बारेमा जिज्ञासा राखेका थिए । जिज्ञासालाई मन्त्री जोशीले सवै क्षेत्रमा सुधार हुदै आएको कुल ७५ जिल्ला मध्ये ७४ जिल्लामा सडक संजाल पुगेको, पानीको अभावमा सुधार आएको र सन २०२२ सम्ममा मुलुक भरि विधुत लाईन विस्तार भईसक्ने जानकारी दिदै सवै जिज्ञासालाई

प्रतिक्रिया दिनुहोस्