Logo

यस्तो पनि ‘क्रेज’, ओबामालाई फ्रान्सको राष्ट्रपति बनाउन अभियान सुरु

यस्तो पनि ‘क्रेज’, ओबामालाई फ्रान्सको राष्ट्रपति बनाउन अभियान सुरु


बिजखबर संवाददाता
0
Shares

फ्रान्समा अबको केहि महिनामै राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिको उम्मेदवारीको लागि दुई फरक पक्ष तयार भइसकेका छन् । मरिन ले पेन र इमानुएल म्याक्रोनको उम्मेदवारी अघि बढिसकेको छ । तर यो बीचमा फ्रान्सका केहि मतदाता भने अर्को एउटा उम्मेदवारको प्रतिक्षामा छन् । तर जो उम्मेदवारको चाहना फ्रान्सेली नागरिकमा छ, उनी त्यहाँका नागरिक भने होइनन् ।

सुन्दै अचम्म लाग्न सक्छ । तर यो सत्य हो । अमेरिकी राष्ट्रपतिको जिम्मेवारीमा दुई पटक नै आफूलाई सफल प्रमाणित गरेका बाराक ओबामालाई आफ्नो देशको नागरिक बनाउन फ्रान्समा केहि संस्थाले अभियाननै सुरु गरेका छन् ।

केहि हप्ताअघिदेखि नै फ्रान्सका भित्तामा ‘ओबामा सेभेण्टिन’ नाममा बाराक ओबामाको तस्वीर अङ्कित पोष्टर छापिन सुरु भएको छ । यहिं नाममा सञ्चालनमा आएको एउटा वेबसाइटले ओबामालाई राष्ट्रपतिको यो दौडमा स्वागत गर्न त्यहाँका नागरिकलाई अपिल गरिरहेको छ । ओबामालाई आफ्नो यो अपिलसँग सहमत गराउन १० लाख हस्ताक्षर अभियान पनि यो वेबसाइटले सुरु गरिसकेको छ । ‘फ्रान्सेलीहरु एउटा फरक किसिमको परिवर्तनका लागि तयार छन्’ वेबसाइटले लेखेको छ ‘ त्यसैले पनि हामीले उनलाई प्रस्ताव गर्नु राम्रो हुन्छ’ ।

ओबामा फ्रान्सका लागि राम्रो राष्ट्रपति हुने वेबसाइटको दाबी छ । ‘एउटा विदेशीलाई राष्ट्रपति बनाएर हामी विश्वलाई प्रजातन्त्रका् पाठ सिकाउन चाहन्छौं’ वेबसाइटमा लेखिएको छ । अमेरिकी पूर्व राष्ट्रपति ओबामालाई गरिएको यो पहिलो आग्रह भने होइन ।

गत बर्ष नै यस्तै किसिमका दुई ओटा अभियान सुरु भइसकेका थिए । त्यतीबेलाको एउटा अध्ययनमा ८४ प्रतिशत फ्रान्सेलीले ओबाले विश्वव्यापी मुद्धामा राम्रो गर्ने धारणा व्यक्त गरेका थिए ।
वासिङ्टन पोष्टबाट साभार

प्रतिक्रिया दिनुहोस्
MBL