Logo

अब जापानमै नेपाली उत्पादन, बजार प्रवद्र्धन गर्न मन्त्रालय र एनआरएनको सम्झौता

अब जापानमै नेपाली उत्पादन, बजार प्रवद्र्धन गर्न मन्त्रालय र एनआरएनको सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली उत्पादनलाई जापान लगायतका मुलुकमा प्रवद्र्धन गर्न उद्योग मन्त्रालय र गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)बीच सम्झौता भएको छ ।

जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन थापाबीच उत्पादन प्रवद्र्धनमा लिखित सम्झौता भएको हो । यो सम्झौतासँगै जापानस्थित एनआरएनएले नेपाली उत्पादनलाई त्यहाँको बजारमा प्रवद्र्धन गर्न सहयोग पुर्याउनेछ । सम्झौताका क्रममा उद्योगमन्त्री जोशीले विदेशमा बस्ने नेपालीले नेपालकै उत्पादन प्रयोगलाई जोड दिए उद्योग क्षेत्रको विस्तारमा सहयोग पुग्ने धारणा राखेका थिए ।

japan nepal
जापानको टोकियोमा आयोजित एक अर्को अन्र्तक्रियाका क्रममा मन्त्री जोशीले स्वदेशमै रोजगारी उपलब्ध गराउन र विदेशी लगानी भित्र्याएर पनि उद्योग क्षेत्रको विस्तार गर्न सरकार प्रतिबद्ध रहेको भनाइ राखेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले आयातमा निर्भर रहेको नेपालको व्यापारलाई सन्तुलनमा ल्याउन पनि उद्योगमा लगानी बढाउनु पर्ने अवस्था रहेको बताएका थिए । एनआरएनएका उपाध्यक्ष भवन भट्टले नेपालको अर्थतन्त्र सुधारका लागि पर्यटन क्षेत्रलाई नै प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्